टेलिकमको ९० रुपैयाँमै अनलिमिटेड डाटा अफर READ MORE NEWS

10:18 PM

 अन्तर्राष्ट्रिय दूरसञ्चार दिवशको अवसरमा नेपाल टेलिकमले मोबाइल इन्टरनेट डाटामा आकर्षक अफर सार्वजनिक गरेको छ । जेठ ४ देखि जेठ १८ गतेसम्म जीएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्पेड मोवाइलको लागि रातिकाे समयमा अनलिमिटेड डाटाको अफर ल्याइएको टेलिकमले जनाएको छ ।इन्टरनेसनल टेलि कम्युनिकेसन डे प्रत्येक बर्ष मे १७ का दिन मनाउने गरिएको छ । टेलिकमका ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्कमा यो डाटा खरिद गर्न सक्छन् ।यो अफर अन्तरगत बेलुकी ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ । प्याकेजको लागि प्रयोगकर्ताले nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यो अफर सात दिनको लागि मात्र लागू हुने टेलिकमले जनाएको छ ।
nightdata 

You Might Also Like

0 comments